evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

नेको इन्स्योरेन्सको आज विशेष साधारण सभा

हकप्रद सेयर जारी गर्ने प्रस्ताव

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज शुक्रबार असोज १९ गते नेको इन्स्योरेन्सको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बस्दैछ ।

विशेष साधारण सभा बिहान ११ बजेबाट लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा सुरु हुनेछ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५% हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयरका लागि नियामक बिमा प्राधिकरणले अनुमति दिइसकेको छ । विशेष सभाबाट प्रस्ताव पारित भएपछि हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ ।

बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुन्छ । सभा प्रयोजनका लागि यसले असोज १० गते बुक क्लोज गरिसकेको छ । यसआधारमा असोज ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

igi long
himalayan life insurance long ad