stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनसेलको लाइसेन्स अवधि बढाउन नियमावली संशोधन– स्मार्टमा राज्यलाई २१ अर्ब नोक्सान, नीतिगत चलखेल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स अवधि थप गर्न नीतिगत चलखेल शुरू भएको छ । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन गरेसँगै सो चलखेल भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियमावली संशोधन गर्दै गत सोमबार राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

अर्को दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई लक्षित गरी संशोधन गरिएको नियमावलीबाट प्रत्यक्ष लाभ भने एनसेललाई हुने भएको छ ।

एनसेललाई सहयोग पु¥याउने उद्देश्यले स्मार्ट टेलिकमको उत्पत्ति र अवसान गरिएकाले हाल नियमावली संशोधन पनि त्यसको एउटा हिस्सा रहेको स्रोतको दाबी छ ।

संशोधित नियमावलीमा दूरसञ्चार सेवाको अनुमतिपत्र भएका कुनै सेवा प्रदायकले दिएको बोलपत्र स्वीकृत भएमा वा ऋण तथा दायित्व सकार गरेमा रद्ध भइसकेको अनुमतिपत्रको बाँकी अवधिको नयाँ अनुमतिपत्र पाउने उल्लेख छ ।

यसको अर्थ स्मार्ट टेलिकमको लाइसेन्स प्राप्त गर्न नेपाल टेलिकम र एनसेलले बोलकबोलमा भाग लिन पाउनेछन् ।

नेपाल टेलिकम सरकारी स्वामित्वमा रहेको र लाइसेन्स अवधि पनि प्रशस्त रहेकाले स्मार्टको ऋण र दायित्व सकार गर्ने अवस्था छैन ।

तर, साढे पाँच वर्षमात्रै लाइसेन्स अवधि रहेको एनसेलले स्मार्टको दायित्व बहन गरेको खण्डमा १० वर्ष अवधि थप हुनेछ । त्यसकै निम्ति स्मार्ट टेलिकमको अवसान गराइएको हो ।

एनसेलका लगानीकर्ताको समेत भित्री लगानीमा खुलेको स्मार्ट टेलिकमको अवसान पनि एनसेललाई नै फाइदा पु¥याउनका निम्ति गराइएको थियो । बक्यौता रकमलगायत शुल्कसहित नवीकरणवापतको करिब २७ अर्ब रुपियाँ शुल्क नतिरेपछि स्वतः लाइसेन्स खारेज भएको थियो ।

त्यसपछि नेपाल दूरसञ्चार प्राधिकरणले गत वैशाख २० गतेदेखि स्मार्ट टेलिकमलाई आफ्नो स्वामित्वमा रहेको छ ।

यहाँ महत्वपूर्ण कुरा के छ भने राज्यलाई करिब २१ अर्ब रुपियाँ नोक्सान पु¥याउने गरी स्मार्टको लाइसेन्समा चलखेल भएको हो । स्मार्ट टेलिकमले अवधिभित्र लाइसेन्स नवीकरण गर्दा राज्यलाई करिब २७ अर्ब रुपियाँ तिर्नुपर्ने अवस्था रहन्थ्यो ।

तर, लाइसेन्स खारेज गराएर लिलामीमा लैजाँदा दायित्व सकार गर्ने कम्पनीले ६ अर्ब रुपियाँको हाराहारीमा मात्रै बेहोर्दा हुने भएको छ । जसलाई नियमावलीको नियम ३५ मा संशोधित उपदफाले समेत शुल्क तिर्ने कुरामा चलखेल गर्न मार्गप्रशस्त गरेको छ ।

योजनाबद्ध तरिकाले नीतिगत चलखेल भइरहेको विषयमा नेपाल समाचारपत्रले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ । तर, नियामक निकाय एवम् सरकारका अधिकारीले छानबिन गर्नुको साटो स्मार्ट टेलिकम र एनसेललाई अनुकूल हुने नीति निर्माण गर्दै आएका छन् ।

यसै साता संशोधन गरिएको दूरसञ्चार नियमावलीको नियम २४ मा प्राधिकरणले नियन्त्रणमा लिएको सेवा प्रदायक कम्पनीलाई लिलाम बढाबढको माध्यमबाट बिक्री गरिने उल्लेख छ ।

त्यस्तै, मूल नियमावलीको नियम ३५ मा उपदफा थप गर्दै दूरसञ्चार ऐनको दफा २४ अनुसार हुने उल्लेख छ । सो दफा आकर्षित हुने विषयले नयाँ लाइसेन्स दस्तुर तिर्नुपर्ने वा नपर्ने, अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर तथा रोयल्टी निर्धारण कति हुनेजस्ता थप अन्योलतासमेत सिर्जना गरिदिएको छ ।

मन्त्रालयले नियमावली संशोधन गरेपछि स्मार्ट टेलिकमको सम्पत्ति र दायित्व मूल्यांकन गर्ने विषय पनि अन्योलमा परेको छ ।

प्राधिकरणले पटक–पटक भ्यालुएटरको आह्वान गरे पनि समिति गठन हुन सकिरहेको थिएन । त्यसै बेला नियमावली संशोधन भएपछि अन्योलता बढेको हो ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari