शिखर इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ ।
कम्पनीले बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति र संस्थाहरुको लागि २०८० असोज २४ गतेदेखि २७ गतेसम्म बीमा अभिकर्ता तालिम संचालन गर्न लागिएको जनाएको छ ।
उक्त तालिम विहान ७ बजेदेखि १२ बजेसम्म संचालन हुनेछ । उक्त तालिममा सहभागी हुनका लागि असोज १९ गतेसम्म निवेदन दिनुपर्नेछ ।
तालिमको अन्तिम दिन सहभागीहरुले परीक्षा दिनुपर्नेछ । तालिमका लागि नेपाली नागरिकताको प्रतिलिपी, प्यान कार्ड, एसएलसी वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्नेछ ।
पासपोर्ट साइजको फोटो चाहिने कम्पनीले जनाएको छ । ईच्छुकले शिखर इन्योरेन्सको केन्द्रीय कार्यालय बिज सेन्टर थापाथलीमा सम्पर्क गर्नुपर्नेछ ।



























