नेको इन्सुरेन्सको लाभांश पारित, ४ जना सञ्चालक पनि निर्विरोध चयन
आर्थिक सञ्जाल
काठमाडौं । नेको इन्सुरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार बसेको साधारण सभाले गत वर्षको नाफाबाट ८.१६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यस्तै, उक्त साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालक निर्विरोध चयन गरेको छ ।
जसमा, संस्थापक सेयरधनीबाट रमेशकुमार निरौला, धु्ब्रचन्द्र गौतम र भरतकुमार अधिकारी र सर्वसाधारण सेयरधनीको तर्फबाट रोहितकुमार भटृराईलाई चयन भएका हुन् ।