citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

एनसेलले ४ अर्ब ६० करोड बुझायो, ‘बाँकी रकम लकडाउन खुलेको १५ दिनभित्र बुझाउनू’

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार

काठमाडौं । ठूला करदाता कार्यालयमा आज एनसेलले चार अर्ब ६० करोड रुपैयाँ कर बुझाएको छ । सर्वोच्च अदालतले गरेको फैसला अनुसार एनसेलले सरकारलाई २२ अर्ब ४५ करोड बुझाउनु पर्ने देखिएको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले बताए ।

‘फैसलापछि एनसेलले जम्मा ९ अर्ब १० करोड पूँजीगत लाभकर बुझाएको उनले बताए । अब लकडाउन खुलेको १५ दिन भित्र एनसेललाई बाँकी कर चुक्ता गर्न भनिएको प्रमुख कर प्रशासक अधिकारीले बताए ।

एनसेलले पुँजीगत लाभकरको विवाद बढ्दै जाँदा पटक पटक गरी अहिलेसम्म करिब ३३ अर्ब रुपैयाँ बुझाएको बुझिएको छ । एनसेलले अग्रिम लाभकरवापत कुल लाभको १५ प्रतिशतले हुने गरी २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो ।

सर्वोच्च अदालतले फैसलाको लगत्तै पछि एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको थियो ।

gold
himalayan life insurance long ad
kumari bank