stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘बिजबजार अनलाइन सपिङ्ग एप’ गुगल प्ले स्टोरमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरू (SMEs)लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य सहित सञ्चालनमा रहेको बिजबजार इकमर्स प्लेटफर्मको एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने भएको छ ।

अनलाइन सपिङ्गलाई प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन कम्पनीमा आबद्ध कर्मचारी र विषय विज्ञहरूले लामो समयदेखि निरन्तर बिजबजार अनलाइन सपिङ्ग एपमा कार्य गर्दै आइरहेका छन् । यस एपबाट प्रयोगकर्ताहरूले अनलाइन सपिङ्गको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नेछन् ।

यो अनलाइन सपिङ्ग एप प्रयोगकर्ताहरूका लागि अझ सहज, सुविधायुक्त र थप सेवाग्राहीमैत्री बनाउँदै समयसापेक्ष रूपमा अद्यावधिक गर्दै थप विशेषताहरू सहित सेवाग्राहीहरू समक्ष प्रस्तुत गर्दै जाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने छिट्टै नै iOS प्रयोगकर्ताहरूका लागि एप्पल स्टोरमा पनि एप उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari