stcnepal long ad
global ime bank long

७ प्रदेशमा मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ७ वटा प्रदेशमा प्रदेशस्तरीय मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लग्नुभएको हो ।

नागरिकको स्वास्थ्य सम्बन्धी संवैधानिक अधिकार सुनिश्चता लागि संघीय संरचना अनुरुप केन्द्र र प्रदेश तहमा प्रत्येक नागरिकले सहजरुपमा गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने व्यवस्था सुनिश्चिताका लागि प्रदेश ७ प्रदेशमा मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

‘मुलुकका सबै नागरिकका लागि विशिष्टकृत स्वास्थ्य शिक्षा र सेवाको उपलब्धता सन्तुलित रुपमा मुलुकका विभिन्न स्थानमा उपलब्ध गराई स्वास्थ्य सेवाको वितरणमा प्रादेशिक सन्तुलन कायम गर्ने प्रदेशगत रुपमा कम्तिमा एक मुख्य मेडिकल कलेज वा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धि सैद्धान्तिक सहमतिका लागि लगिएको हो,’ मन्त्री पौडेलले भन्नुभयो, ‘अन्तिम रुप दिन समितिमा पठाइएको छ ।’

प्रस्ताव पास भए प्रदेशमा रहेका सरकारी अस्पताललाई स्तरनोन्नति एवम् नयाँ मेडिकल कलेज स्थापना हुनेछन् । ‘बजेटको सुनिश्चताको विषयमा छलफल भयो, मन्त्री पौडेलले भन्नुभयो,’थप छलफल पछि प्रक्रिया अघि बढ्छ ।’

यसअघि भएका निर्णयको विषय थप छलफल गरी बढ्ने मन्त्री पौडेलको भनाइ छ ।

IME Lifesidebar
kumari