एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर
काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।
यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् । सोमबार ९फागुन २३० देखि संचालनमा आएको अफर अन्तर्गत ग्राहकले कर सहित रु १४ देखि रु ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसिमा भएका प्याकहरूबाट फाइदा लिन सक्छन् ।
यी भ्वाइस प्याकहरू मार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढि शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्छन् ।
ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम कर सहित रु १४ मा लिन सक्छन् भने ३ दिन समयसिमा रहेको ६५ टक टाइम रु ४५ मा सुचारु गर्न सक्छन् । त्यसैगरी रु ९४ मा ७ दिन समयसिमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ ।
प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स१७११८ एष्ट्रिक्स३ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरि सुचारु गर्न सक्छन् ।
अलि धेरै समयसिमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन् । यसका साथै ग्राहकका लागि २८ दिन समयसिमा रहेको दुई वटा अन्य प्याकहरु पनि छन् जस अन्तर्गत ग्राहकले रु २६५ मा ४७५ मिनेट टक टाइम र रु ३८५ मा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले यी मध्ये कुनैपनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्छन् ।
आफ्ना ग्राहकका लागि भ्वाइस सेवा अझै सुलभ बनाउँदै सबै लोकल नेटवर्कमा कल शुल्क घटाउँदै आकर्षक भ्वाइस प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ ।
| Price | Mins | Validity |
| Rs. 14 | 14 | 1 Day |
| Rs. 45 | 65 | 3 Days |
| Rs. 94 | 150 | 7 Days |
| Rs. 135 | 225 | 14 Days |
| Rs. 265 | 475 | 28 Days |
| Rs. 385 | 750 | 28 Days |
| शुल्क | मिनेट | समयसिमा |
| रु १४ | १४ | १ दिन |
| रु ४५ | ६५ | ३ दिन |
| रु ९४ | १५० | ७ दिन |
| रु १३५ | २२५ | १४ दिन |
| रु २६५ | ४७५ | २८ दिन |
| रु ३८५ | ७५० | २८ दिन |


























