आइएमई पेद्वारा नयाँ योजना प्रस्तुत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अहिलेको परिस्थितिमा डिजिटल मनी ट्रान्सफर र भुक्तानी नै उपयूक्त

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत् ‘ चार गुण सशक्त ’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ ।
हालका लागि ‘आइएमई पे’ मोबाइल वालेट खातामा निम्न सुविधाहरू हाल प्रस्तुत गरिएको छः–
वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याज दरको सुविधा ः–
आइएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजना अनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरि ४ प्रतिशत ब्याज पाउने छन् । यसका लागि सेवाग्राहीहरुले वालेटमा रु. १००० को न्यूनतम ब्यालेन्स राख्नु पर्नेछ । अब सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एप भित्र रहेको रेमिटान्स (Remittance) थिची सजिलै मोबाइलमा प्राप्त गर्न सक्नु हुनेछ । साथै देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिन्छ । यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ । बैंक बाट वा बैंकमा रकम ट्रान्सफर गर्दा हाल कुनै शुल्क लाग्दैन । आइएमई पे वालेट प्रयोग गरि राखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने छन् ।

टप–अप अर्थात् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा ः–
यो योजना अनुसार, आइएमई पे वालेट प्रयोग गरि सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यसब्यक प्रदान गर्ने छ्र हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन् ।

५०० रिवार्ड पोइन्टस्को सुविधा ः–
यो योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने छन् । रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ ।

सजिलो, भरपर्दो र छरितो क्यास आउटको सुविधा ः

हाल विश्वव्यापी महामारी फैलिएको अवस्थामा आइएमई पे सबैलाई डिजिटल भुक्तानी र मनी ट्रान्सफर गरी आफ्नो अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्न अनुरोध गर्न चाहन्छ । सेवाग्राहीहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एप मार्फत नै भुक्तानी तथा मनि ट्रान्सफर गरि सजिलो, भरपर्दो र छरितो सेवा लिन सक्ने सुविधा ल्याएको छ । देशको स्थिति सामान्य हुदै गएपछि नगदको आवश्यकता परेमा देशभरिका कुनै पनि नजिकको एजेन्टबाट वालेटको रकम निशुल्क निकाल्न पनि सकिन्छ । यो सुविधाले बाहिर नगई घरैबाट सेवाग्राहीहरुको आवश्यकता पुरा गर्न सहयोग पुग्ने विश्वास छ ।

 

IME Lifesidebar
kumari