stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ बाट गुणकेशरी प्रधान सम्मानित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन्।

लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आइसिटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी छिन्।

काठमाडौंको सोल्टी होटेलमा गत शुक्रबार आयोजना भएको ग्रान्ड फिनालेमा एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रधानलाई प्रदान गरिएको हो।

प्रधानलाई एनसेलले आइसिटीमा उनको योगदानको कदर गर्दै विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) लाई सधैँ प्रोत्साहन गर्ने कम्पनीको नीतिअनुरुप आइसिटी अवार्डमा आबद्ध भई ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरेको जनाएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य, एनसेलका चिफ इन्फरमेसन अफिसर विशालमणि उपाध्याय र एनसेलका कर्पोरेट कम्युनिकेशन तथा सीएसआर प्रमुख बिशाखा लक्ष्मी खड्काले अवार्ड विजेता प्रधानलाई शिल्ड, सर्टिफिकेट तथा चेक संयुक्त रुपमा प्रदान गरेका थिए।

प्रधानले नेपालको आइसिटी क्षेत्रमा ३५ वर्षदेखि अनवरत रुपमा योगदान पुर्याउँदै आएकी छिन्। नेपाल टेलिकम तथा सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष महत्वपूर्ण स्थान र पदमा रही काम गरेकी प्रधान हाल वुमन इन आइटी संस्थालाई नेतृत्व गरिरहेकी छिन्।

प्रधानले नेपाल टेलिकमको कम्प्युटर इन्जिनियरको रूपमा करियर सुरु गरेकी थिइन् भने प्रवक्ता र निर्देशक जस्तो गरिमामय पदमा रहेर काम गरेकी थिइन्।

प्रधानले सरकारी सेवाबाट अलग भए पनि नेपालमा सूचना प्रविधिमा महिलाहरुको सहभागिता र दक्षता बढाउन विभिन्न ढंगले काम गरिरहेकी छिन्। केही वर्षदेखि वुमन इन आईटी संस्थाको अध्यक्षमा रही यस क्षेत्रमा महिला सशक्तीकरण र सहभागिता बढाउन सचेतनात्मक कार्यक्रम, तालिम तथा रिसर्चहरुमा काम गरिरहेकी प्रधानले यस वर्षको वुमन आइकन आइसिटी अवार्ड प्राप्त गरेकी हुन्।

वुमन आइकन आइसिटी अवार्ड विजेता प्रधानसँगै अन्य ११ विधामा विशिष्ट व्यक्ति, संस्था, प्रडक्ट र स्टार्टअपहरुले अवार्ड प्राप्त गरेका छन्। यस अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, एनसेललगायत ३० बढी संस्थाहरुको सहकार्य रहेको थियो।

prabhu mahalaxmi
kumari