रिलायन्स फाइनान्सको लाभांश घोषणा
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँको कुल १५.७९ प्रतिशतले हुन आउने १४ करोड ४५ लाख ७७ हजार ५२६.६८ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख ४८ हजार ६५०।३५ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशतले हुन आउने ७२ लाख २८ हजार ८७६.३३ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।
























