stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेन्चुरी बैंकद्वारा लाभांश घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले सेयरधनीलार्ई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ६.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। जसमा ५.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको जनाएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउने छन् । यस अनुसार बैंकले सभामा ५१ करोड ९४ लाख ७९ हजार ७९६ रुपैयाँ बराबरको बोनस सेयर र दुई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ नगद खर्चिनेछ । गत वर्ष यश बैंकले ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बाणिज्य बैंकहरूमा यश बैंकले सबै भन्दा कम लाभांश दिने घोषणा गरेको छ।

prabhu mahalaxmi
kumari