citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सेलपे सेवामा रकम स्थानान्तरण फण्ड ट्रान्सफर निशुल्क

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । सोमबार, १० चैत्र २०७६

काठमाडौं ।  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि.ले रकम स्थानान्तरण सेवा निशुल्क उपलब्ध गराउने भएको छ । सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नको लागि चैत्र ९ देखि बैशाख १८ सम्मको लागि रकम स्थानान्तरण सेवा निशुल्क उपलब्ध गराउने भएको हो ।

हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि सरकारबाट कुनै पनि प्रकारको भिडभाड र हुलमुल नगर्न सुझाव आएको हुँदा, सेलपेका ग्राहकहरुले सेलपे एप्पबाट आफ्नो घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवा शूल्क नलाग्ने ब्यवस्था मिलाईएको छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुपी, पिटुबी, बिटुपी, बटुबीआदि वास्तविक समयमा गर्न सकिन्छ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

gold
himalayan life insurance long ad