एनटिसिले ३७१५० सिपिई मार्फत ५४८०० डाटा तथा भ्वाइस सेवा उपलब्ध गराएको
काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच सेवामा एउटै फाइबर मार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा ५४ उपलब्ध गरिरहेको सम्बन्धमा मिति २०७८।४।२९ मा प्रेस जानकारी सार्वजनिक गरिएको थियो ।
सो प्रेस जानकारीमा उल्लेख गरिएको २०७८ बैशाखदेखि श्रावण २८ गतेसम्ममा वितरण गरिएको संख्या कुल वितरित संख्यासँग मेल नखाएको हुनाले थप विश्लेषण पश्चात २०७८ बैशाखदेखि साउन मसान्तसम्म ४ महिनामा करिब ३७,१५० वटा सिपिईमार्फत डाटा तथा भ्वाइस सेवामा कुल ५४,८०० भन्दा बढी ग्राहकलाई सेवा उपलब्ध गराइएको निक्र्यौल गरिएकोले सोही अनुसार विवरण अद्यावधिक गरी भुलसुधार गरिएको नेपाल टेलिकमले जनाएको छ ।