citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

सामसङका ग्यालेक्सी A ७१ र A ५१ नेपाली बजारमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल बुधबार, २८ फागुन २०७६

काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो A सिरिज अन्तर्गत हालै ग्यालेक्सी A ७१ तथा ग्यालेक्सी A ५१ बजारमा ल्याएको छ । A सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । ग्यालेक्सी A ७१ तथा A ५१ मोबाइलहरुमा विभिन्न विशेषताहरुः विद्यमान रहेका छन् ।

यसमा आजको व्यस्त जीवनमा अत्यावश्यक ज्यादा टिकाऊ हुने व्याट्रि, मानव आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्न सकिने क्यामरा तथा जीवन्त दृश्यावलोकनको लागि इन्फिनिटी–ओ डिस्प्ले रहेका छन् । ग्यालेक्सी ए को पोर्टफोलियोमा ग्यालेक्सी A ७१ तथा ग्यालेक्सी A ५१ लाई समावेश गर्न पाउँदा उत्साहित भएको सामसङ मोबाइल बिजिनेस हेड प्रणयरत्न स्थापितले बताए ।

A ५१ र A ७१ प्रिज्म क्रस ब्लाक, ह्वाइट र ब्लू रंगको पेस्टल शेडहरूमा आउँदछ । ग्यालक्सी A ७१ का लागि रु. ४९,९९९। – र ग्यालक्सी A ५१ का लागि रु ३८,३९९।–  मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

gold
himalayan life insurance long ad