stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

एनसेलका ग्राहकका लागि थप आकर्षक सेवा सुविधा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनसेल आजियाटाले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथ आफ्नो नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरु लिन सक्छन् । यो नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिन्छ ।

ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उदेश्य अनुरुप संचालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियान अन्तर्गतको एक कार्य हो । यसै अन्तर्गत एनसेलले विविध सेवा सुविधाहरु सहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याइसकेको छ ।

नयाँ वेबसाइटबाट प्याक खरिद गर्ने ग्राहककालागि प्याकको खरिदमा १०० प्रतिशत सम्म थप भोल्युम सहितका आकर्षक अफरहरु पनि रहेको छन् । यस कोरोना महामारीकाबीच ग्राहकले घरबाटै आफ्नो आवश्यकता अनुसारको सेवाहरु वेबसाइट मार्फत खरिद गर्न सक्छन् ।

विषेश अफर अन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबी देखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन् । बोनस १ दिनको प्याक (रु १८), ७ दिनको प्याक (रु ९८), १४ दिनको प्याक (रु १३९) लागु रहेको छ भने ट्रिपल मजा अन्तर्गत ७ दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७)( र ३० दिनको प्याक (रु ४५९) मा थप ०.५ जीबी देखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ । त्यसैगरी ग्राहकले केहि प्याकहरुमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढि डे डेटा पाउछन् ।

कोरोना महामारीले गर्दा घर–घरमै बस्न पर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनहरुसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकैनै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिनेछ ।

ग्राहकले हाल संचालनमा रहेको अनलाइनको खुसी अभियान अन्तर्गत पनि नयाँ वेबसाइटबाट सेवा खरिद गर्दा पाइने विभिन्न विषेश अफरबाट फाइदा लिन सक्छन् ।

यी अफरहरु हालको कठिन समयमा ग्राहकलाई घरमा नै बसी कार्यलयको काम गर्न, अनलाइन कक्षा गर्न लगायतका कार्यहरुलाई सहज बनाउने उदेश्यका साथ ल्याइएका हुन् ।

himalayan life insurance
igi long