stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

फोरजी विस्तार सम्पन्न नहुनुको कारण देखाउन सरकारलाई निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्नुको कारण समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

नेपाल टेलिकमको सेवा प्रभावकारिता सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा लगायतसँग छलफल गरेपछि समितिले टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्न हुन नसक्नुको कारण सात दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई गुणस्तरीय सेवा विस्तारको कार्ययोजना तयार गरी ३० दिनभित्र समितिमा पेश गर्न समेत भनेको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री खतिवडाले सञ्चार मन्त्रालयका सबै खरिद बिक्री प्रतिष्पर्धाका आधारमा हुने बताए । देशभर इन्टरनेट पु¥याउने गरी सरकारले काम गरिरहेपनि लकडाउन र खरिद प्रक्रिया लगायतले बाधा गरेको उनको भनाइ थियो ।
बैठकमा सांसदहरुले टेलिकमको सेवाको गुणस्तरमाथि प्रश्न उठाएका थिए । उनीहरुले रणनीतिक साझेदार भित्राउने बिषय लामो समय हुदा पनि पुरा हुन नसक्नुको कारण समेत माग गरे ।
समितिले नेपाल दुरसञ्चारसँग आवद्ध नेपाल टेलिकम र अन्य निजी सेवा प्रदायक संस्थाहरुबाट गत आर्थिक वर्षमा ग्राहकलाई वितरण गरेको सिमकार्डको विवरण सात दिनभित्र उपलब्ध गराउन समेत मन्त्रालय र दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

त्यस्तै नेपाल भित्र सञ्चालित दुरसञ्चार संस्थाहरुको आर्थिक अवस्थाको विवरण समेत माग गरेको छ ।

prabhu mahalaxmi
kumari