stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सरकारले इन्टरनेट सेवाप्रदायक रेग्मी मिडिया इंकको लाइसेन्स खारेज

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले इन्टरनेट सेवाप्रदायक कम्पनी रेग्मी मिडिया इंक प्रा.लि.को अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इमेल सहितको) सेवा सञ्चालन गर्न अनुमति लिएको रेग्मी मिडियाले तोकिएको समयावधि भित्र लाइसेन्स नवीकरण नगरेकाले लाइसेन्स रद्द भएको प्राधिकरणले जनाएको छ ।

लाइसेन्स असोज २३ गतेदेखि खारेज भएको हो । साथै, प्राधिकरणले कम्पनीलाई सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमबारे ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ । अन्यथा, कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

 

kumari bank
kumari
nawakantipur long