citizens life insurance long ad
stcnepal long ad

नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा 4G मोबाइल सेवा विस्तार 

Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प  तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी 4G  मोबाइल सेवा विस्तार गरेको छ ।
कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको हो ।
यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको 2G मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि 4G सेवा सञ्चालनमा ल्याईएको छ ।
समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत नेपाल टेलिकमको 4G मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।
IME Life
kumari