citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल टेलिकमले  तेस्रो त्रैमासमा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाए

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नेपाल टेलिकमको नाफा गत वर्ष यसैअवधिको तुलनामा ३.३५ प्रतिशतले ले धेरै हो । गत वर्ष यसले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यता, चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी भने घट्न पुगेको छ । गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको कम्पनीको अहिले घने घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी, वित्तीय आम्दानी पनि ५ अर्ब ७० करोडबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ ।

नेपाल टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने १६ करोड ११ लाखबाट बढेर ५३ करोड पुगेको छ । यसले गर्दा नाफा बढ्न टेवा पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष ४० रुपैयाँ ९ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर ४१ रुपैयाँ ४४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५१२ रुपैयाँ ९९ पैसा रहेको छ ।

 

gold
himalayan life insurance long ad