stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

आन्तरिक उत्पादन नबढाइकन अर्थतन्त्र सुधार हुँदैनः सचिव मरासिनी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आन्तरिक उत्पादन र पुँजी सिर्जनामा वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने बताएका छन् ।

१७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को समापन समारोहमा उनले भने, “अर्थतन्त्रमा शिथिलता आयो, आयात बढ्यो भनेर समस्या देखिइरहेका छन् ।

अर्थतन्त्रमा देखिएको असजतालाई सहज बनाउने भनेको स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर हुने र निर्यात बढाएर हो ।”

नेपालको उत्पादन ‘ब्राण्डिङ’ गरेर विश्व बजारमा पु¥याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने उनको भनाइ छ । पछिल्लो समय स्वदेशी उत्पादनप्रति उपभोक्ताको चाँसो बढिरहेको अर्थसचिव मरासिनीले बताए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्न आवश्यक रहेको बताए ।

आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा कसरी लाग्न सकिन्छ भनेर सरकारले योजना बनाइरहेको उनको भनाइ छ ।

“आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी कच्चा पदार्थ उत्पादन हुने र त्यसको प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई प्रवर्द्धन गर्नेगरी केही कार्यक्रम ल्याउने तयारी भइरहेको छ ।

तयारी मालवस्तु र कच्चापदार्थमा कम्तीमा दुई तहको भन्सार दर फरक हुने गरी कर निर्धारण गर्नसकिने बारे छलफल भइरहेको छ”, सचिव राउतले भने ।

नेपाली वस्तु प्रयोग गरी नेपाली भएकोमा गर्व गरौँ’ भन्ने नाराका साथ बुधबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा सुरु भएको नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको आज समापन भएको छ ।

मेलामा चन्द्रागिरि नगरपालिकाद्वारा प्रवद्र्धन गरिएका उद्यमीद्वारा तयार पारिएका अचार, लाखामरी, काष्ठकला, नेपाली कागज, छालाजुत्ता, प्राङगारिक मल प्रदर्शनीमा राखिएका थिए ।

यसैगरी काठ/ढुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु, बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामान, गलैँचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडा प्रदर्शनीमा राखिएका थिए ।

prabhu mahalaxmi
kumari