stcnepal long ad
national life

सामसङ ग्यालेक्सी एम ११ नेपाली बजारमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सामसङले एम सिरिजअन्तर्गत ग्यालेक्सी एम ११ स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ। नयाँ ग्यालेक्सी एम११ मा ६.४ इन्चको एचडी प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको छ। साथै ५ हजार एमएएचको ब्याट्री रहेको छ ।

यसमा रहेको ब्याट्रिले बारम्बार चार्ज नगरी विना रुकावट दिनभर मोबाइल चलाउने सकिने बताइएको छ । छिटै मोबाइल चार्ज गर्नको लागि १५ वाटको चार्जर तथा फोनलाई अझै बढी सुरक्षा प्रदान गर्न रियर फिङ्गरप्रिन्ट स्क्यानर जस्ता सुविधा यसमा रहेको छ ।

यस फोनको स्टोरेज क्षमता माइक्रो एस डि कार्डको माध्यमबाट ५ सय १२ जिवीसम्म सहजै बढाउन सकिने बताइएको छ । जसको मेमोरी पावर थ्री जिबी प्लस ३२ जिबी रहेको छ ।

ग्यालेक्सी एम ११ को ट्रिपल रियर क्यामरा सेटअप गरिएको फोटो खिच्नको लागि १३ मेगा पिक्सलको मेन क्यामरा, ५ मेगा पिक्सलको अल्ट्रा–वाइड क्यामरा जसमा ११५ डिग्रीको फिल्ड भ्यु रहेको छ ।

साथै यसमा २ मेगा पिक्सलको डेप्थ क्यामराको साथ लाइभ फोकस फिचर पनि उपलब्ध रहेको छ। ग्यालेक्सी ११ मा ८ मेगा पिक्सलको फ्रन्ट क्यामरा जडान गरिएको छ ।
मूल्य तथा उपलब्धता

यो स्मार्टफोन नेपालभरका सामसङका ब्राण्ड स्टोरहरुबाट यही असार ११ बाट उपलब्ध भइरहेको छ । साथै यो फोन मेटालिक ब्लु, ब्ल्याक तथा भ्वोइलेट कलरहरुमा उपलब्ध छ। नेपाली बजारमा उक्त फोनको मूल्य १८ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

gold
kumari bank
kumari
nawakantipur long