एनसेल फोरजीः सुदूरपश्चिम र लुम्बिनीमा थप सुधार

काठमाडौं । एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानिय स्तर र क्षेत्रमाआफ्नो फोरजी सेवाको थप सुधार गरेको छ। यससँगै यी प्रदेशका डेढ दर्जन बढि क्षेत्रका ग्राहकहरुले अब सुधारिएको फोरजी सेवामा पहुँच पाएका छन् ।
आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानहरुमा फोरजी सेवामा थप सुधार गरेकोे हो । देशका अन्य स्थानहरुमापनि सेवाको अवस्था हेरि आवश्यकलगानीगर्दै विस्तारित फोरजी सेवामाथप सुधार गर्ने योजना रहेको छ ।
हाल फोरजी सेवा सुधार गरिएका स्थानिय स्तर तथा क्षेत्रहरुमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेको छन् । त्यसैगरी लुम्बिनीप्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिकविकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर रहेका छन् ।
आधुनिकप्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहकअनुभवप्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्चगतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ १८, २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो र हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको छ र कुल जनसंख्याको ९२.०९ प्रतिशतजनतामाझ यो सेवापुगेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवाप्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्याङ्कको आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ ।
सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजीक्षमताको स्तरोन्नति पनि गर्दै आएको छ ।