citizens life insurance long ad

एनसेलले ल्यायो दशैंको लागि आकर्षक रिचार्जमा बोनस अफर

रु २०० वा सो भन्दा माथीको हरेक रिचार्जमा डेटा बोनस

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहककालागी आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ ।

अब ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी गर्न सक्नेछन् ।

बडा दशैं २०८० को उपलक्ष्यमा ल्याइएको यो योजना अन्तर्गत एनसेलले आफ्ना सबै ग्राहकका लागी यो आकर्षक अफर सञ्चालनमा ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले रु २०० वा सो भन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् । यो योजना आज (कार्तिक १ गत)े देखी लागु भई कार्तिक १५ सम्म सञ्चालनमा रहने छ ।

रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा २००० एमबी देखि ८००० एमबी बोनस डेटा प्राप्त गर्नेछन् ।

रु २०० देखि रु ४९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४०० एमबी अल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने १६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

त्यस्तै रु ५०० भन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४०० अल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने ५६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुप प्राप्त डेटा भोलुम २ दिनको दिनको लागि मान्य रहने छ ।

यो योजना अन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफर मार्फत भएको ब्यालेन्स टप अप बोनसको लागि मान्य हुनेछैन । अन्य कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्ने बित्तिकै बोनस डेटा प्राप्त हुनेछ ।

बडा दशैंको अवसरमा ल्याइएको यो विषेश अफरसँगै आफ्नो उत्साह प्रकट गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने

‘‘ हाम्रा ग्राहकहरु र ग्राहकको एनसेलसँगको सेवा अनुभव हाम्रो लागि अत्यन्त महत्वपुर्ण छ । यो चाडपर्वको अवसरमा ल्याइएको यो योजनाले हाम्रा ग्राहकको सञ्चारको आवश्यकतालाई पुरा गर्न महत्वपुर्ण भुमिका खेल्ने वश्वास लिएका छौ । हाम्रा सबै ग्राहकलाई बडा दशैको शुभकामना र एनसेलसँग आबद्घ रहिरहनुहुने सबै ग्राहकलाई धेरै धेरै धन्यवाद । ’’

यस रिचार्जमा बोनस अफरले ग्राहकलाई भ्यालु एड गर्दै सुलभ दरमा आफ्ना परिवार र साथीभाईसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

IME Life
kumari