evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

आइफोन १५ सिरिज नेपाली बजारमा भित्रियो

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाली बजारमा आइफोन १५ सिरिज भित्रिएको छ । एक महिनाअघि विश्व बजारमा लञ्च भएको उक्त फोन नेपाली बजारमा भने औपचारिक रुपमा शुक्रबारदेखि भित्रिएको बिक्रेता कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले जनाएको छ ।

नेपालमा आइफोन १५ को १३ मोडल उपभोक्ताले खरिद गर्न सक्नेछ । जसमा आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स छ ।

बजारमा १२८ जीबीको आइफोन १५ को मूल्य १ लाख ५७ हजार ५ सय रुपैयाँ तोकिएको छ । २५६ जीबीको आइफोन १५ को मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँ र ५१२ जीबीको दुई लाख १४ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आइफोन १५ प्लसमा १२८ जीबीको १ लाख ७६ हजार ५ सय रुपैयाँ, २५६ जीबीसहितको आइफोन १५ प्लसको एक लाख ९५ हजार पाँच सय रुपैयाँ र ५१२ जीबीको आइफोन १५ प्लसको मूल्य २ लाख ३३ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

आइफोन १५ प्रो अन्तर्गत १२८ जीबीको मूल्य एक लाख ९५ हजार ५ सय रुपैयाँ, २५६ जीबीको मूल्य २ लाख १४ हजार ५ सय रुपैयाँ, ५१२ जीबीको दुई लाख ५३ हजार र एक टीबी क्षमताको आइफोन १५ प्रोको मूल्य दुई लाख ९० हजार ५ सय रुपैयाँ तोकिएको छ ।

आइफोन १५ प्रो म्याक्स पनि तीन वटा स्टोरेज क्षमतामा उपलब्ध हुनेछ । २५६ जीबी क्षमता भएको आइफोन १५ प्रो म्याक्सको मूल्य दुई लाख ३३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

५१२ जीबीको आइफोन १५ प्रो म्याक्सको बजार मूल्य २ लाख ७१ हजार ५ सय रुपैयाँ र एक टीबी क्षमता भएको आइफोन १५ प्रो म्याक्सको मूल्य ३ लाख ९ हजार पाँच सय रुपैयाँसम्म तोकिएको छ ।

आइफोन १५ को विभिन्न मोडलमध्ये सबैभन्दा सस्तो १२८ जीबी क्षमताको आइफोन १५ हो । जसको मूल्य एक लाख ५७ हजार ५ सय रुपैयाँ तोकिएको छ । सबैभन्दा महँगो भने एक टीबी क्षमताको आइफोन १५ प्रो म्याक्स हो । जसको बजार मूल्य ३ लाख ९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

जेनेरेसन नेक्स्टका अनुसार आइफोन १५ को कुनै पनि मोडल ग्लोबल आइएमई बैंक, इनभेस्टमेन्ट मेगा बैंक र हिमालयन बैंकबाट शून्य डाउनपेमेन्टमा खरिद गर्न सकिन्छ । ब्याजदर भने बैंकले तोकेअनुसार हुनेछ ।

आइफोन १५ मा १ वर्षको एप्पपल, एक वर्षको एक्स्टेन्डेण्ड वारेण्टी दिइएको छ । फोनमा एक वर्षको स्क्रिन रिप्लेसमेन्ट सुविधा छ । नयाँ आइफोन किन्दा २० वाटको एड्याप्टर निःशुल्क पाइन्छ ।

यसैगरी १२८ जीबी क्षमताको आईफोन ११ को मूल्य ८९ हजार ९९० रूपैयाँ, १२८ जीबी आइफोन १२ को मूल्य १ लाख ६ हजार ९९० र १२८ जीबी आईफोन १३ को मूल्य १ लाख १९ हजार ९९० रुपैयाँ तोकिएको छ ।

himalayan life insurance
igi long