citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

हुवावेले ह्याकरहरुलाई ‘गोप्य मिटिङ’को लागि डाक्यो म्युनिखमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

चिनियाँ टेक कम्पनी हुवावेले संसारका उत्कृष्ट फोन ह्याकरहरुलाई गोप्य भेटघाटको लागि जर्मनीको म्युनिख शहरमा बोलाएको छ। सो भेटघाट नोभेम्बर १६ को लागि तय भएको टेक क्रन्चले उल्लेख गरेको छ

सो भेटघाटका क्रममा कम्पनीले गोप्य रुपमा ‘बग बाउन्टी’ (सुरक्षा कमजोरी पत्ता लगाएवापत दिइने इनाम) प्रोग्राम प्रस्तुत गर्ने जनाइएको छ। यो कार्यक्रमले अनुसन्धानकर्ताहरुलाई सुरक्षा सम्बन्धी जोखिमहरु पत्ता लगाउन अझै हौसला मिल्ने बताइएको छ। सो ‘बग बाउन्टी’ पुराना तथा नयाँ आउने मोबाइल फोनका सुरक्षा चुनौतिहरुमा केन्द्रित हुनेछ। यसबाट एन्ड्रोइडको प्रतिस्पर्धीको रुपमा हुवावेले ल्याएको नयाँ अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’लाई चुस्त दुरुस्त बनाउन पनि सहयोग मिल्ने छ।

अन्य मोबाइल फोन निर्माता कम्पनी एप्पल, गुगल तथा सामसुङले पनि ‘बग बाउन्टी’को व्यवस्था गर्ने गरेका छन्।

चिनियाँ सरकारसँग सम्बन्धीत विषयमा हुवावेमाथि दवाब बढिरहेका बेला कम्पनीले यस्तो कदम चालेको हो। बेइजिङको लागि जासुसीको काम गर्न सक्ने भन्ने अमेरिकी आरोपको हुवावेले खण्डन गर्दै आएको छ। तर पनि अमेरिकाको संघीय सरकारले त्यहाँ कम्पनीमाथि विभिन्न प्रतिबन्ध लगाइरहेको छ। सोही कारण गुगल जस्ता कम्पनीहरु एन्ड्रोइडप्रतिको सपोर्ट फिर्ता लिन बाध्य भएका छन्। तर हुवावे भने एन्ड्रोइडमै आधारित फोन हो। यसबाट हुवावेलाई एन्ड्रोइडको विकल्प खोज्न दवाब समेत सिर्जना भएको थियो।

Huawei smartphones are displayed at a Huawei store in Beijing on August 7, 2018. – Despite being essentially barred from the critical US market, Huawei surpassed Apple to become the world’s number two smartphone maker in the second quarter of this year and has market leader Samsung in its sights. Huawei has achieved this in part by refocusing away from the futile fight for US access and toward gobbling up market share in developing nations with its moderately priced but increasingly sophisticated phones, analysts said. (Photo by WANG Zhao / AFP) / TO GO WITH China-telecommunication-Huawei-mobile-Samsung-Apple,FOCUS by Dan Martin (Photo credit should read WANG ZHAO/AFP via Getty Images)

हुवावेले गर्न लागेको गोप्य ‘बग बाउन्टी मिटिङ’ गत अगस्टमा एप्पलले गरेको ‘बग बाउन्टी मिटिङ’ जस्तै हुने बताइएको छ। जसमा एप्पलले विभिन्न समयमा पुरस्कृत हुँदै आएका उत्कृष्ट ह्याकरहरुलाई आफ्नो फोन ह्याक गर्न लगाएको थियो।

उक्त ‘बग बाउन्टी’ कार्यक्रममार्फत हुवावेले आफ्ना उत्पादनमा सुरक्षा चुनौति कम गर्न ह्याकर तथा सुरक्षा अनुसन्धानकर्ताहरुसँग काम गर्न इच्छुक रहेको सरकारलाई देखाउन चाहेको बताइएको छ। (Source: pahilopost.com)

gold
himalayan life insurance long ad