एनसेलले ल्यायो सरप्राइज अफर, ७ जनाले स्कुटर जित्न सक्ने

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले १८ वर्ष पार गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा सरप्राइज अफर घोषणा गरेको छ ।
आइतवार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले सबै ग्राहक मध्येबाट विजेता छनौट हुने अफर ल्याएको हो ।
यस अन्तर्गत प्रयोगकर्ताले ८१७११७३ डायल गर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार अफर एक्टिभेट भइसकेपछि सबै प्रयोगकर्ताले विभिन्न अफर पाउनेछन् ।
सहभागी हुने प्रयोगकर्ताले एनसेलले उपलब्ध गराउने दैनिक, साप्ताहिक र बम्पर अफरहरू पाउन योग्य हुनेछन् । दैनिक उपहारमा ग्राहकले बिना कुनै शुल्क एनसेलका विभिन्न अफरहरू पाउने छन् ।
त्यस्तै प्रत्येक हप्ता एनसेलका एक हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन् । यसैगरी अफरको अन्तिममा भाग्यशाली सात जनालाई एक एक ओटा स्कुटर दिने घोषणा कम्पनीले गरेको छ ।
एनसेलका अनुसार साप्ताहिक र बम्पर उपहार पाउनका लागि ग्राहकले अफर अवधिभर एनसेल सेवा प्रयोग गरेको हुनुपर्नेछ ।
एनसेलको बारेमा तयार पारिएका रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइट मार्फत कम्पनीलाई पठाउन सकिनेछ । यस अफर आज आइतवार ३१ भदौ देखि सञ्चालन हुनेछ ।
३१ भदौ २०८०, आइतवार १५:४९ बजे प्रकाशित