sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य वृद्धि

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । अर्कोतिर पुरानो बन्दै गरेको थ्रिजी प्रयोगकर्ताको सङ्ख्या भने घट्दै गएको देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार फोरजी प्रयोग गर्नेको सङ्ख्या दुई करोडनजिक पुगेको छ ।

प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार एक करोड ९७ लाख ८१ हजार ४८९ जनाले फोरजी प्रयोग गर्ने पाइएको हो ।

यो कुल जनसङ्ख्याको करिब ६८ प्रतिशत हुन आउँछ । कुल फोरजी प्रयोगकर्तामध्ये नेपाल टेलिकमको फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड २६ लाख ८० हजार रहेको छ । त्यस्तै एनसेलका फोरजी प्रयोगकर्ताको सङ्ख्या ७१ लाख रहेको छ ।

थ्रिजी प्रयोगकर्ताको सङ्ख्या भने एक ७७ लाख ५३ हजार मात्र रहेको छ । यसमध्ये टेलिकमका प्रयोगकर्ता ५९ लाख ३१ हजार रहेका छन् भने एनसेलका प्रयोगकर्ताको सङ्ख्या १८ लाख २२ हजार रहेको छ । पछिल्लो समय एनसेलले आफ्ना अधिकांश प्रयोगकर्तालाई फोरजीमा स्थानान्तरण गर्ने प्रक्रियालाई प्राथमिकता दिँदा यसका थ्रिजी प्रयोगकर्ता घट्दै गएको देखिन्छ ।

थ्रिजी र फोरजीसहित मोबाइलबाट इन्टरनेट प्रयोग गर्नेको कुल सङ्ख्या भने दुई करोड ७५ लाख नाघेको छ ।

तार जोडेर उपलब्ध गराइने फिक्स्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा पनि निरन्तर वृद्धि देखिन्छ । निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले नयाँ ठाउँमा सेवा विस्तार गरिरहँदा फिक्स्ड ब्रोडब्यान्डको सङ्ख्या बढेको हो ।

प्राधिकरणका अनुसार फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्नेको सङ्ख्या करिब एक करोड ३७ लाख रहेको छ । यसमध्ये नेपाल टेलिकमले उपलब्ध गराइरहेको एडिएसएल प्रयोग गर्नेको सङ्ख्या दुई लाख ३६ हजार रहेको छ भने फाइबर केबुल मार्फत उपलब्ध गराइने फिक्स्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक करोड १३ लाख रहेको छ ।

फिक्स्ड इन्टरनेट प्रयोगकर्तामध्ये पनि टेलिकमले उपलब्ध गराइरहेको एफटिटिएच प्रयोगकर्ताको सङ्ख्या १० लाख २४ हजार रहेको छ भने निजी इन्टरनेट सेवाप्रदायकको सेवा लिनेको सङ्ख्या एक करोड तीन लाख नाघेको छ ।

इन्टरनेट बजारमा टेलिकम अग्रणी स्थानमा देखिएको छ । सबै किसिमको इन्टरनेट प्रविधि गरेर टेलिकमले दुई करोडलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।

मोबाइलबाट मात्र इन्टरनेट उपलब्ध गराइरहेको एनसेलका भने कुल इन्टरनेट ग्राहक ८९ लाख रहेका छन् । जनसङ्ख्याको अनुपातमा फिक्स्ड इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या करिब ४० प्रतिशत पुगेको छ । त्यस्तै मोबाइल इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या भने करिब ९५ प्रतिशत पुगेको प्राधिकरणको तथ्याङ्क छ ।

gold
kumari bank
nawakantipur long