stcnepal long ad
himalayan Everest Insurance long ad

आजसम्म अरुण काबेली पावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन सकिने

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । अरुण काबेली पावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज आइतबार (भदौ ३१ गते) अन्तिम दिन हो ।

यसमा आजसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी गराएको छ । यसले भदौ ११ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

यस कम्पनीले १ः१  अनुपातमा १ करोड  ८५ लाख ५२ हजार १०५  कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

उक्त हकप्रद सेयरका लागि यसले असार २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ । हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ ।

उक्त स्थानबाट आवेदन दिंदा चेकमात्र भुक्तानी हुने कम्पनीले जनाएको छ । हिमालयन र नबिल बैंकको तोकिएको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यसको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

३१ भदौ २०८०, आइतवार ०७:३० बजे प्रकाशित

NTA long ad