adbl long ad
nabil bank
stcnepal long ad
national life

उद्योगीमैत्री वातावरण बनाउन परिसंघको आग्रह

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारसमक्ष उद्योगमैत्री वातावरण बनाउन माग गरेको छ ।परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी बधाई तथा शुभकामना दिंदै यस्तो आग्रह गरेको हो ।

अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावजस्ता कारणले उद्योगी–व्यवसायीको मनोबल निकै खस्किएको बेला मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न आग्रह गर्नुभयो ।

उहाँले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गरी रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगिकीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन पनि आग्रह गर्नुभयो ।

४ माघ २०७९, बुधवार २०:२० बजे प्रकाशित

Election
stcnepal long ad