वल्र्ड बुक अफ रेकर्डस्का संरक्षक एवं बिट्रिस सासंद विरेन्द्र शर्मा भारत कीर्तिमान् अलंकार २०२३ द्वारा विभूषित
काठमाडौं । वल्र्ड बुक अफ रेकर्डस्का संरक्षक एवं बिट्रिस सासंद विरेन्द्र शर्मा भारत कीर्तिमान् अलंकार २०२३ द्वारा विभूषित भएका छन् । भारत बिट्रेन सम्वन्धलाई शसक्त बनाउने र सासंद शर्माको समाजसेवामा अनवरत योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई यो विशिष्ट सम्मानद्वारा विभूषित गरिएको हो ।
१७ औं प्रवासी भारतिय दिवस २०२३ को इन्दोर, मध्य प्रदेश, भारतमा आयोजित गरिएको सम्मान समारोहमा डा. रमण गिल (क्यानाडा) लाई पनि “भारत कीर्तिमान २०२३” द्वारा विभूषित गरिएको थियो ।

उक्त समारोहमा भारत सरकारका पूर्व केन्द्रीय मन्त्री सत्यनारायण जटिया, डा. दिवाकर सुकुल (वरिष्ठ चिकित्सक, बेलायत), डा. जितेन्द्र मटलानी (दुवाइ), अमित लाठ (पोल्याण्ड), विभव कान्त उपाध्याय (जापान) अनिल अडिट (मौरिसियस), जितेन्द्र सिंह (सक्टल्याण्ड), प्रमित कोहली (अष्ट्रेलिया), प्रमित मकोडे (अमेरिका), शंकर गुप्ता (नेपाल), श्री मोहित शुक्ला (सिङ्गापुर), प्रिति उपाध्याय (फ्रान्स) माता विश्वकर्मा (क्यालिफोर्निया, अमेरिका), प्रवल सेपाहा (सचिव, पब्लिक सर्भिस कमिसन), डा. राजिव शर्मा (शिक्षाविद) लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा समारोह भव्य रुपमा सम्पन्न भएको वल्र्ड बुक अफ रेकर्डसका अध्यक्ष एवं प्रमुख कार्यकारी सन्तोष शुक्लाले जानकारी दिएका थिए ।
























