जबसम्म बैंकको आधार दर घटदैन, तबसम्म अर्थतन्त्र सुध्रिन्दैनस् महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुको आधारदर नघटेसम्म अर्थतन्त्र लयमा नफर्किने दाबी गरेको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गरेको महासंघले आधारदर नघटेसम्म अर्थतन्त्र सुधार नहुने उल्लेख गरेको हो ।
महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेखर गोल्छाले धारणा राख्दै भने, ‘जबसम्म बैंक वित्तिय संस्थाको आधार दर घटदैन, तबसम्म ब्याजदर घटदैन् ।
ब्याजदर नघटने हो भने अर्थतन्त्र जोगाउन कठिन हुनेछ । त्यसैले तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र केन्द्रिय बैंक दुवैले पहिल्याउनुपर्छ ।’
राष्ट्रबैंकले आइतबार मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो । उक्त समिक्षले नीजि क्षेत्रलाई नछोएको भन्दै उद्योगीहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उक्त समिक्षलाई लिएर महासंघले आफ्नो आधिकारीक धारण सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन गरेको थियो ।
अर्थतन्त्र जोगाऔ शिर्षकमा महासंघको तर्फबाट अध्यक्ष गोल्छाले राखेको धारणको पूर्णपाठ यसप्रकार छस्