citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

शिवम् सिमेन्ट्सको नाफा ३१.९४% ले बढ्यो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले २७ करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको भन्दा ३१.९४ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधिमा यसले २० करोड ८२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज

मसान्तसम्म सञ्चालन आम्दानी भने ३०.४६ प्रतिशतले घटेर १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त आम्दानी २ अर्ब २० करोड ६७ लाख रुपैयाँ रहेको थियो । यसको अन्य आम्दानी भने भारी मात्राले बढेको छ ।

गत वर्ष ९३ लाख ६० हजार रुपैयाँ रहेको अन्य आम्दानी यो वर्ष बढेर ३१ करोड ३४ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी बढ्दा र खर्च नियन्त्रण गर्दा शिवमको नाफा बढेको हो ।

यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा छ ।

निर्माण व्यवसाय शिथिल भएको तथा अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बेलामा पनि शिवमले आकर्षक नाफा आर्जान गर्न सकेको देखिन्छ । विशेषगरी खर्च नियन्त्रण गर्न सक्दा कम्पनीले नाफामा राम्रो वृद्धि गर्न सकेको हो ।

himalayan life insurance
igi long