शिवम् सिमेन्ट्सको विशेष साधारण सभा आज
काठमाडौं । आज शुक्रबार भदौ १० गते शिवम् सिमेन्ट्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न विशेष साधारण सभा बस्दैछ । कम्पनीले गणपूरक संख्या परिवर्तन गर्ने मुख्य प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको हो ।
हाल कम्पनीको नियमावलीमा कुल सेयर संख्याको ६७५ रहेकोे गणपूरक संख्या घटाएर कुल सेयर संख्याको ५१५ बनाउने प्रस्ताव सभामा पेश गरिने भएको छ ।
यस्तै, सञ्चालक समिति सदस्यहरुको संख्या घटाउने प्रस्ताव पनि रहेको छ । हाल स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालकसहित ७ जनाको सञ्चलक समिति रहेकामा घटाएर ६ जनामा सीमित गर्ने प्रस्ताव रहेको छ ।
विशेष सभा कम्पनीको कर्पोरेट कार्यालयको सभाहल अनामनगर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभा प्रयोजनका लागि भदौ २ गते बुक क्लोज गरिएको छ । भदौ १ गतेसम्म कायम रहेका सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
यता, सेयरधनीहरुले भने विशेष साधारणमार्फत गणपूरक संख्या घटाउने लागिएको भन्दै विरोध गरिरहेका छन् । गणपूरक संख्या र सञ्चालक समिति सदस्य किन घटाउनुपर्यो त्यसबारेमा स्पष्ट पार्न सेयरधनीहरुले माग गरेका छन् ।
यो विषय सभामा पनि जोडतोडका साथ उठ्ने अनुमान गरिएको छ । यता, कम्पनीले भने कुनै पनि निर्णय छिटोछरितो गर्नका लागि गणपूरक संख्या घटाउनुपरेको दाबी गरिरहेको छ ।