stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन डिस्टिलरीको १०० प्रतिशत लाभांश घोषणा, पुस १६ गते बुक क्लोज

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन डिस्टिलरीले १०० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २५ प्रतिशत नगद गरी कुल १००५ लाभांश दिने निर्णय गरेको हो ।

यसर्थ, कम्पनीले ६५ करोड ७ लाख ७६ हजार ७८१ रुपैयाँ बराबरको रकम बोनस सेयरमा खर्च गर्नेछ ।

यस्तै, २१ करोड ६९ लाख २५ हजार रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ । यता, कम्पनीले लााभंश वितरण प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभामा लाभांश वितरण गर्ने प्रस्ताव प्रस्ताव पेश हुनेछ । सञ्चालक समितिमा रहेने ५ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीको नियमावली संशोधन एजेन्डा पनि छ ।

सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ । सभाका लागि हिमालयनले पुस १६ गते बुक क्लोज गर्नेछ ।

पुस १५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

prabhu mahalaxmi
kumari