नेपालमा ३३, ४३ र ५३ ग्रेडका सिमेन्ट ! ४३ ग्रेडका सिमेन्ट उत्पादनको अधिक सम्भावना
काठमाडौं । लामो समयको प्रतिक्षापछि सरकारले सिमेन्टमा ग्रेडिङ शुरू गरेको छ। नेपाल गुणस्तर चिन्ह दिन थालेपछि नेपाली सिमेन्टहरुले धमाधम ग्रेड शुरु गरेका छन् ।
नेपाल गुणस्तर चिन्ह प्रदान गर्ने नेपाल गुणस्तर तथा नापतौल विभागबाट अहिलेसम्म १४ सिमेन्ट उद्योगले ग्रेडिङ लिएका छन् । नेपालमा हाल ५५ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् ।
विभागले ती उद्योगहरुलाई ४३ र ५३ ग्रेडको नेपाल गुणस्तर चिन्ह प्रदान गर्दै आएको छ । तीमध्ये केहीले दुबै ग्रेडको गुणस्तर पुर्याएका छन् भने केहीले ५३ र केहीले ४३ ग्रेडमात्र लिएका छन् ।
ग्रेडिङमा नेपाल गुणास्तर चिन्ह लिने सिमेन्टमध्ये ११ वटाले ४३ ग्रेड लिएका छन् । यसैगरि ९ वटाले ५३ ग्रेडको लिएका छन् । त्यस्तै ३ वटाले ५३ र ४ वटा सिमेन्टले ४३ ग्रेडको गुणस्तर चिन्ह लिएका छन् ।
त्यसरी ग्रेड लिने सिमेन्टहरुमा अधिकांस ४३ ग्रेडमा सहज देखिएका छन् । धेरै उद्योगले ४३ ग्रेडको उत्पादनलाई ‘कम्फटटेवल’ मानेका छन ।
ग्रेडिङ लिने सिमेन्टहरुमध्ये शिवम् सिमेन्ट, मारुती सिमेन्ट, सर्वोत्तम सिमेन्ट, शुभश्री जगदम्बा मिसेन्ट, पाल्पा सिमेन्ट र सौर्य सिमेन्टले ओपीसी ४३ र ५३ ग्रेड दुबैको नेपाल गुणस्तर चिन्ह लिएका छन् ।
त्यस्तै शुभश्री अग्नि सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही मिसेन्ट, रिद्दिसिद्दी सिमेन्ट, जानकी मिसेन्टले ओपीसी ४३ ग्रेडको गुणस्तर चिन्ह लिएका छन् ।
त्यसैगरि युनाइटेड सिमेन्ट, जगदम्बा सिमेन्ट, र होंङ्सी शिबम् सिमेन्टले ओपीसी ५३ ग्रेडको नेपाल गुणस्तर चिन्ह लिएका छन् ।
नेपाल गुणस्तर तथा नापतौल विभाग स्रोतका अनुसार धेरै उद्योगहरु ४३ ग्रेडको नेपाल गुणस्तर चिन्ह लिन सहज देखिएका छन्। ५३ ग्रेड पुर्याउन धेरैलाई गाह्रो भइरहेको छ ।
एक पटक ५३ ग्रेडको गुणस्तर लिएपछि त्यसलाई निरन्तता दिन उद्योगहरुले नियमित मेहनत गर्नु पर्छ । ३३ ग्रेडको मान्यता उत्पादन भएका सबै सिमेन्टले पाउँछन् । ४३ र ५३ ग्रेडको लागि विभागबाट अुनमति लिनुपर्छ ।
४३ र ५३ ग्रेडको गुणस्तर नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने मापन हो। यसले नेपाली सिमेन्टको विश्वसनीयता अझ बढ्छ ।
अन्य केही सिमेन्ट कम्पनीहरु पनि ग्रेड लिने प्रकृयामा रहेका छन् । उनीहरुको परीक्षण भइरहेको छ। कतिपय सिमेन्ट कम्पनीहरू ४३ ग्रेडको गुणस्तर पुर्याउन नसकेर असफलसमेत भएका छन् ।
४३ र ५३ ग्रेड पाउनु भनेको उपभोक्ताले त्यही गुणस्तरको सिमेन्ट उपभोग गर्न पाउनु हो । अब ग्रेडसँगै उपभोक्तालाई आवश्यकत अनुसारको गुणस्तरीय सिमेन्ट पाउने निश्चित भएको छ । सिमेन्ट ओपिसि र पिपिसि दुई किसिमका हुन्छन। पिपिसि ढिलो जम्छ।
पिपिसि छिटो जमेर सेट हुन्छ। सामान्यतया ढलान र ठुला संरचना निर्माणमा पिपिसि सिमेन्टको प्रयोग गरिन्छ। बाल र प्लाष्टरमा ओपिसि सिमेन्ट प्रयोग गरिन्छ।
सिमेन्ट उद्योगले ४३ ग्रेडको गुणस्तर चिन्ह पाएपछि त्यस कम्पनीले आफ्नो उत्पादनमा सिमेन्टको गुणस्तर त्योभन्दा कम उत्पादन गर्न पाउदैन । गुणस्तर चिन्ह लिने तर ग्रेड नपुर्याउने कम्पनीलाई विभागले कारवाही गर्छ । गुणस्तरका बारेका बेलाबेलामा परिक्षण गरिरहन्छ। कम गुणस्तरको पाइए कारवाही गर्छ।
सिमेन्टहरुलाई ४३ र ५३ ग्रेडको गुणस्तर चिन्ह अनिवार्य भने छैन । उनीहरुले अहिलेकै अवस्थामा ओपीसी र पीपीसीको रुपमा उत्पादन गर्न पाउँछन् ।
यदि सिमेन्ट उद्योगले आफ्नो सिमेन्टको गुणस्तर ४३ ग्रेड वा ५३ ग्रेडको छ भनेर देखाउन चाहेमा परीक्षण गराएर यो चिन्ह लिन आवश्यक छ । सिमेन्टको ग्रेड नछुट्याँदा सबै एउटै हुने उच्चस्तरको गुणस्तर खोज्नेलाई अप्ठारो परिरहेको थियो ।
ठूला निर्माण परियोजनाको लागि ५३ ग्रेडको सिमेन्ट खोज्ने भएकाले भारतबाट आयात गर्नुपर्ने बाध्यता थियो ।
नेपालमा केही वर्ष अघिसम्म भारतबाट ठूलो परीणाममा सिमेन्ट र यसको कच्चा पदार्थ क्लिंकर आयात हुन्थ्यो । अहिले त्यो आयात भने निकै घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो ४ महिनामा भारतबाट १९ करोड ६० लाख रुपैयाँ बराबरको क्लिंकर आयात भएको छ । त्यस्तै १३ करोड ६७ लाखभन्दा धेरैको सिमेन्ट आयात भएको छ ।
गत २०७८ वैशाखयता १४ वटा उद्योगले ४३ र ५३ ग्रेडको नेपाल गुणस्तर चिन्ह लिएका छन् । ती उद्योग निम्न रहेका छन् :
१, शिबम् सिमेन्ट, ओपीसी ४३, ५३ ग्रेड
२, मारुती सिमेन्ट, ओपीसी ४३, ५३ ग्रेड
३, शुभश्री अग्नि सिमेन्ट, ओपीसी ४३ ग्रेड
४, युनाइटेड सिमेन्ट, ओपीसी ५३ ग्रेड
५, सर्वोत्तम सिमेन्ट, ओपिसी ४३, ५३ ग्रेड
६, अर्घाखाँची सिमेन्ट, ओपीसी ४३ ग्रेड
७, जगदम्बा सिमेन्ट, ओपीसी ५३ ग्रेड
८, घोराही मिसेन्ट, ओपीसी ४३ ग्रेड
९, शुभश्री जगदम्बा मिसेन्ट, ओपीसी ४३, ५३ ग्रेड
१०, रिद्दिसिद्दी सिमेन्ट, ओपीसी ४३ ग्रेड
११, सौर्य सिमेन्ट, ओपीसी ४३, ५३ ग्रेड
१२, पाल्पा सिमेन्ट, ओपीसी ४३, ५३ ग्रेड
१३, होंङसी शिबम् सिमेन्ट, ओपीसी ५३ ग्रेड
१४, जानकी सिमेन्ट, ओपीसी ४३ ग्रेड


























