अतिरिक्त शुल्क नलिन नोबेल मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशन
विराटनगर । चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस भर्ना भएका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन र पठन–पाठन सुरु गर्न जिल्ला प्रशासन कार्यालय मोरङले नोबेल मेडिकल कलेज विराटनगरलाई निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अभिभावक र कलेजका प्रतिनिधिसँगको छलफलपछि अतिरिक्त शुल्क नलिन निर्देशन दिएका छन् ।
आयोगले तोकेभन्दा बढी अतिरिक्त शुल्क नलिन र पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको मोरङका सिडिओ दाहालले बताएका छन ।
लेटाङका राजेन्द्र न्यौपाने भनिने डा. सुनिल शर्माको नोबेल मेडिकल कलेजलेमा अध्ययनरत विद्यार्थीहरूले आयोगले तोकेको भन्दा करिव २० लाख शुल्क अग्रिम मागेको विद्यार्थीहरूले गुनासो गरि सम्बन्धित निकायमा उजुरी गरेका थिए।
विद्यार्थी र अभिभावकहरूले गत पुस ५ गते सोमबार जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाइ कलेजले अतिरिक्त शुल्क बुझाउन दबाब दिएको गुनासो गरेपछि प्रजिअ दाहालले छलफलका लागि बोलाएका थिए ।
क्याम्पस प्रशासन इन्टर्नसिप शुल्क नतिरे विद्यार्थीले इन्टर्नसिप गर्ने बेलामा पारिश्रमिक नदिने सर्तमा मान्न तयार भएको छ ।
तर होस्टल र विश्वविद्यालय सम्बन्धन शुल्क तिर्नैपर्ने अडान लिएको बताइएको छ । नोबेल मेडिकल कलेज,काठमाडौं मेडिकल कलेज र नेपालगन्ज मेडिकल कलेजका समेत मालिक रहेका डा. सुनिल शर्मा न्यौपानेले विद्यार्थीहरूलाई तोकिएको भन्दा बढी शुल्क लिएर ठगी गरिरहेका छन।


























