stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

शिवम् सिमेन्ट्सको कात्तिक १६ गते साधारण सभा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिवम् सिमेन्ट्सको लाभांश पािरत गर्न मंगलबार कात्तिक १६ गते साधारण सभा बस्ने भएको छ । शिवमले लगानीकर्तालाई कर सहित २९ प्रतिशत नगद लाभांश दिने भएको छ । गत आर्थिक वर्षको नाफाबाट यसले लगानीकर्तालाई उक्त लाभांश दिन लागेको हो ।

शिवम सिमेन्ट्सले दिन लागेको यो अहिलेसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले सेयरधनीलाई २४.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

साधारण सभा सोल्टी होटल सोल्टीमोड काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । कोरोना भाइरसका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुने कम्पनीले जनाएको छ । सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ ।

सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक ८ गते बुक क्लोज गरेको छ । यसर्थ, कात्तिक ७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari