एनएमबि बैंकको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशत ले वृद्धि भएको हो । बैंकको खुद ब्याज आम्दानी ४.७८ प्रतिशत र सञ्चालन नाफा ३९.४७ प्रतिशत ले बढेको छ । यसले गर्दा पनि नाफा बढेको देखिन्छ ।
यता, बैंकको वितरणयोग्य नाफा भने ११.६८ प्रतिशत ले घटेको छ । असोज मसान्तसम्म बैंकले निक्षेप संकलन २३.७६ प्रतिशतर कर्जा लगानी २९.७९ प्रतिशत ले बढाउन सफल भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ १ पैसाले बढेर २५ रुपैयाँ ५९ पैसा कायम भएको छ । एनएमबिको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ०३ पैसा छ ।