प्रभु बैंकको नाफा बढ्यो

काठमाडौं । प्रभु बैंकको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५.१४५ ले घटेर ६३ करोड ६३ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसै अवधिमा भने बैंकले ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यद्दपि, खुद नाफामा गिरावट आएपनि वितरणयोग्य नाफामा भने राम्रो सुधार भएको छ । वितरणयोग्य नाफा ७३.३४५ ले बढेर असोज मसान्तसम्म ३० करोड ४४ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
प्रभुको खुद ब्याज आम्दानी १६.०३५ र सञ्चालन नाफा २९.४९५ ले घटेपछि खुद नाफामा पनि गिरावट आएको हो । बैंकले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः २४.१३५ र १९.३०५ ले विस्तार गर्न सफल भएको छ ।
खुद नाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि १० रुपैैयाँ ५३ पैसाले घटेर २२ रुपैयाँ ४३ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने ३ रुपैयाँ १५ पैसाले बढेर १५८ रुपैयाँ ४५ पैसा पुगेको छ ।