stcnepal long ad
global ime bank long

गोर्खा ब्रुअरीमा आन्दोलन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुफ’ केन्द्रीय उपाध्यक्ष एस.बी. थापा मगरको नेतृत्वमा गोर्खा ब्रुअरी प्रा. लि. गैंडाकोट परिसर नवलपुरमा मजदुरले सेवा सुविधा माग गर्दै आन्दोलन गर्दै आएका छन।

गोर्खा ब्रुअरीले श्रमिकलाई सेवा सुविधा नदिई कानुनी राजको धज्जी उडाउने गोर्खा ब्रुअरी प्रा. लि. लाई नवलपुरमा रक्सी भट्टी चलाएर देखाउन चेतावनी दिएका छन् ।

गत कार्तिक ५ गते शुक्रबार अखिल नेपाल औधोगिक मजदुर संघ जिल्ला समिति नवलपुरले गोर्खा ब्रुअरी परिसर गैंडाकोटमा आयोजना गरेको विरोध कार्यक्रमलाई ऐक्यवद्धता जनाउँदै महासंघका गण्डकी प्रदेश इन्चार्ज समेत रहेका केन्द्रीय उपाध्यक्ष थापामगरले कानुन विपरीत युवाशक्तिलाई तन्नम बनाउने रक्सी उद्योग नवलपुरमा चलाएर देखाउन चेतावनी दिएका हुन् ।

“कुनै अमुक पार्टीको मालिकसँग घाँटी जोडिएका श्रमिक विरोधी नेता र मजदुर संगठनको नाम भजाएर रोजगारदाताको तलुवा बनेका दलाल श्रमिकहरुलाई प्रलोभनमा पारेर कानुनीराजको उपहास गर्दै गोर्खा ब्रुअरीका मालिकले नवलपुरमा रक्सी भट्टी चलाउँछु भन्ने नसोचे हुन्छ,” उपाध्यक्ष थापामगर भने, “निश्कासित मजदुरहरूलाई तत्काल पुुनर्वहाली साथै न्यूनतम वेतन, श्रम ऐन र सामाजिक सुरक्षा योजना कार्यान्वयन नगरिए आमा–बुबा, दाजु–भाई, दिदी–बहिनीहरूलाई मूलतः युवाशक्तिलाई तन्नम बनाउने रक्सी उद्योग नवलपुरमा चलाएर देखाउन चेतावनी दिन चाहन्छु ।”

ब्रुअरीका मालिकले झैं त्यहाँ कार्यरत श्रमिकले कानुनको उल्लङ्घन नगरेको भन्दै थापा मगरले भने, “श्रमिक आगोको झिल्को हो, श्रमिकहरुको इमान्दारिता, संयमता र धैर्यतालाई कमजोरी ठानिए श्रमिक आगो बनेको दिन नवलपुरमा गोर्खा ब्रुअरीलाई खोज्दा भेटिने छैन ।”

उक्त विरोध कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) का नवलपुर जिल्ला अध्यक्ष मित्रशरण शर्मा ‘बिहानी’, अखिल नेपाल औधोगिक मजदुर संघका केन्द्रीय अध्यक्ष भुमबहादुर रेग्मी ‘किरण’ नेपाली कांग्रेसका प्रतिनिधि प्रेम खरेल, प्रेमकृष्ण सापकोटा, नेकपा एमालेका प्रतिनिधि नरेश काफ्ले, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि दिपक पाण्डे, गैंडाकोट – २ का जनप्रतिनिधि प्रकाश सापकोटा, नेकपा माओवादी केन्द्र गैडाकोट नगर कमिटी अध्यक्ष युवराज रिमाल लगायतले संघर्ष समिति संयोजक रहेका अगन्धर लामिछाने लगायत निश्कासित मजदुरहरूलाई तत्काल पुुनर्वहाली साथै श्रम ऐन र सामाजिक सुरक्षा योजना कार्यान्वयन नगरिए श्रमिकमारा रोजगारादाताविरुद्ध संयुक्त संघर्षमा जाने प्रतिबद्धता जनाएका थिए ।

अखिल नेपाल औधोगिक मजदुर संघ नवलपुरका सचिव नवराज ढकालले आगामी विरोध कार्यक्रमको स्वरुपबारे जानकारी दिँदै आफूहरुको जायज मागहरु सम्बोधन नभए गोर्खा ब्रुअरीको उत्पादन तथा सामग्री ओसारपसार गर्ने सम्पूर्ण यातायातका साधनहरुलाई ब्रुअरीमा प्रवेश रोक लगाउनेसम्मको कार्यक्रम तय गरिने र सो बारेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताएका छन।

IME Lifesidebar
kumari