stcnepal long ad
global ime bank long

 आगलागीका कारण बन्द रहेको नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेविको बिस्कुट कारखाना पुनः सञ्चालनमा आएको छ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना गत साउन २३ गते आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबारबाट पुनः सञ्चालनमा आएको हो ।

बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो । कारखाना सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने कम्पनीको भनाई छ ।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक केशव भट्टराईले पहिलो चरणमा दैनिक १६ टन मात्रै उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो । भट्टराईले आगलागीका कारण मेशीन पूर्ण रुपमा ध्वस्त भएको कारण पहिलेको क्षमता भन्दा कम उत्पादन हुने बताउनुभयो ।

उहाँले यसअघि एभरेजमा दैनिक २० देखि २२ टन विस्कुट उत्पादन हुने गरेको पनि बताउनुभयो । यस्तै, उहाँले आगलागीबाट अनुमानीत कुल २२ करोड रुपैयाँ बराबरको क्षेती भएको पनि जानकारी दिनुभयो ।

जसमध्य १२ करोड रुपैयाँ अनुमानीत कच्चा पदार्थमा र बाँकी मेशीन र घरमा क्षेती पुगेको उहाँले बताउनुभयो । मेशीन र घरको क्षेती पूर्ण विवरण अझै नआएको पनि उहाँले जानकारी दिनुभयो ।

नेपालको पहिलो बिस्कुट उत्पादन कम्पनी भनेकै नेविको प्रा. लि. हो । नेविकोले करिब ५८ बर्षदेखि आफ्ना उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आएको छ ।

IME Lifesidebar
kumari