stcnepal long ad
global ime bank long

नेपाल ल्यूव आयलको असोज १८ गते वार्षिक साधारण सभा, ३५ प्रतिशत लाभांश प्रस्ताव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल ल्यूव आयलले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालन नियुक्ती गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पनि पेश हुनेछ ।

सभा नेपाल ल्यूवको कार्यालय झम्सिखेल ललितपुरबाट जुम एपमार्फत भर्चुअल माध्यमबाट हुने भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

IME Lifesidebar
kumari