stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

उद्योग परिसङ्घको अध्यक्षमा अग्रवाल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल उद्योग परिसङ्घको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवालले सम्हाल्नु भएको छ । परिसङ्घको १८ औँ वार्षिक साधारण सभाबाट अग्रवाल परिसङ्घको अध्यक्ष चयन हुनु भएको हो । अग्रवाल यसअघि परिसङ्घको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

उहाँले यसअघि परिसङ्घ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसक्नुभएको छ । साथै उहाँले परिसङ्घको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरि सक्नु भएको छ ।

नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्ल्यू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुनुहुन्छ ।

परिसङ्घको साधारण सभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यस मध्येबाट सात जना उपाध्यक्ष चयन हुनुहुनेछ ।

राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमितमोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दीपकुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, विक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन हुनुभएको छ ।

यसैगरी प्रतिष्ठानगत तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा सिवाकोटी, अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन हुनुभएको छ ।

संस्थागत सदस्य समूह तर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैबीच परिसङ्घको साधारण सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गर्नुभएको छ । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरिएको हो ।

युनिएन अफ एसिएन चेम्बर्सको नेतृत्व अहिले परिसङ्घका उपाध्यक्ष निर्वाण चौधरीले लिनुभएको छ । कार्यक्रममा चौधरीले एसियाली देशमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औँ शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको उल्लेख गर्नुभयो ।

himalayan life insurance
igi long