Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

सामाजिक सुरक्षा कोषको मुद्वा साउन ७ गते हेरिने

civilbank long ad

काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेदाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतले उक्त मुद्दालाई हेर्दा हेर्दैमा राखेर साउन ७ गते बिहीबारका लागि पेशी तोकेको छ ।

सामाजिक सुरक्षा कोष विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दा गत मंगलवार बहस भएको थियो तर दुवै पक्षको बहस नसकिए पछि पेशी तोक्दै साउन ७ गते बिहीबार अन्तरिम आदेश दिने विश्वास ब्यक्त गरेका छन् ।

अन्तरिम आदेश दिने कि नदिने विषयमा दुवै पक्षबीच छलफल चलेको थियो । तर बहस नसकिएपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ।

यस अघि असार ३१ गते मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याईने भन्दै स्थगित भएको थियो । सोही मुद्दामा साउन ५ गते बहस भएको थियो । सो दिन न्यायधीश तेज बहादुर केसी र बम कुमार श्रेष्ठको संयुक्त इजलाशमा यस बारे बहस भएको थियो।

कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनका अध्यक्षहरु र कर्मचारीहरु समेत गरि ६५ जनाले सर्वोच्च अदालतमा संयुक्त रुपमा रिट दायर गरेका छन् ।


६ साउन २०७८, बुधवार २१:३७ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad