citizens life insurance long ad
stcnepal long ad

रिलायन्स फाइनान्सको बढ्यो खुद नाफा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको तुलनामा ३७.३१५ ले नाफा वृद्धि गरेको हो ।

गत वर्ष भने ६ करोड ३२ लाख ४१ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी भने ३३.०६% ले घटेर १० करोड ७१ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष १६ करोड १ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

रिलायन्सको खुद ब्याज आम्दानी घटेपनि सञ्चालन नाफा बढेको छ । अन्य सञ्चालन आम्दानी शीर्षकमा उल्लेख्य वृद्धि भएपछि सञ्चालन नाफामा सुधार भएको छ ।

जसले समग्र नाफा बढाएको हो । गत वर्ष ३९ लाख २६ हजार रुपैयाँ मात्र रहेको अन्य सञ्चालन आम्दानी बढेर यस वर्ष १३ करोड ६८ लाख ८९ हजार रुपैयाँ पुगेको छ । यसका कारण सञ्चालन नाफा पनि ३७.३१% ले बढेको छ । यसको खराब कर्जा २.६३% बाट घटेर १।८८५ मा सीमित भएको छ ।

रिलायन्सले ५ अर्ब ७७ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १९ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार रुपैयाँ रहेको छ ।

रिर्जभ कोषमा २४ करोड ४६ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९१ पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३२ पैसा छ । गत वर्ष प्रतिसयर आम्दानी १० रुपैयाँ १३ पैसा थियो ।

IME Life
kumari