शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज बुधबार कात्तिक १२ गते शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले बिहीबार कात्तिक १३ गते बुक क्लोज गर्दैछ ।
यसर्थ, आजसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २४.२१% नगद लाभांश वितरण गर्दैछ । यसर्थ, कम्पनीले नगदमा १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ खर्च गर्नेछ ।
यो लाभांश सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले १५.७८% नगद लाभांश वितरण गरेको थियो । कम्पनीको सभा बिहान ११ बजे सुरु हुनेछ । जुम मार्फत सभामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।






















