शिवम् सिमेन्ट्सको लाभांश घोषणा
काठमाडौं । शिवम् सिमेन्ट्सले आर्थिक वर्ष २०७६/७६ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले कर सहित २४.२१% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, कम्पनीले नगदमा १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ खर्च गर्नेछ ।
यो लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले १५.७८९%नगद लाभांश वितरण गरेको थियो ।


























