असोज २५ र २६ गते सुनचाँदी व्यवसायी महासंघको साधारणसभा
काठमाडौं । यहि असोज २५ र २६ गते नेपाल सुनचाँदी व्यवसायी महासंघको साधारणसभा हुने भएको छ । भोलि असोज १२ गते सोमबार सातै प्रदेशमा सुनचाँदी व्यवसायीहरूको चुनाव हुँदैछ । नेपाल सुनचाँदी व्यवसायीको महासंघको चुनावमा नयाँ नेतृत्व आउने हो ।
सुनचाँदी व्यवसायी महासंघले पनि नेपाल उद्योग वाणिज्य महासंघको जस्तै वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने नीतिगत व्यवस्था लिने भएको छ । महासंघले यस्तो नीति लिँदा हालका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्य अध्यक्ष बन्ने छन् भने । अन्य पदाधिकारीको लागि भने चुनावी प्रतिस्पर्धा हुनेछ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघमा ५५ जना कार्यसमितिमा कार्यसमितिमा रहने छन् ।
























