stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महासंघमा अध्यक्ष अन्जन श्रेष्ठ समूह ८० प्रतिशत निर्वाचित

हेमराज ढकालको समूह निकै कमजोर !

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभाले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । विधानको व्यवस्था अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाअनुसार आगामी कार्यकालको लागि बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नयाँ कार्यसमितिको अध्यक्ष चयन भएका छन् ।

तर, वर्तमान कार्यसमितिको नेतृत्वमा भएको विधान संशोधन अनुसार आगामी कार्यकालदेखि भने बरिष्ठ उपाध्यक्ष नै स्वतस् अध्यक्ष हुने व्यवस्था खारेज भइसकेको छ । अब हुने महासंघको निर्वाचनले भने अध्यक्षसहितको सबै पदाधिकारी निर्वाचित गर्ने भएको छ । विधानको संशोधित व्यवस्थाअनुसार बरिष्ठ उपाध्यक्षमा भने यही पटकदेखि निर्वाचित कार्यसमितिले चयन गर्ने व्यवस्था भएको छ।

महासंघको बैशाख २२ गते सम्पन्न निर्वाचनको बैशाख २३ गते बुधबार सार्वजनिक भएको अन्तिम मतपरिणामले चार उपाध्यक्ष सहित ७३ सदस्यीय कार्यकारिणी समिति चयन गरेको छ। वर्तमान अध्यक्ष अन्जन श्रेष्ठको समुहले वस्तुगत उपाध्यक्ष बाहेक जिल्ला र नगरका दुई उपाध्यक्ष,एशोसिएट उपाध्यक्ष सहित तीन उपाध्यक्ष र ८० प्रतिशत कार्यकारिणी सदस्यहरु जितेको छ ।

महासंघको निवार्चनमा बहालवाला अध्यक्ष चन्द्र प्रसाद ढकालको समर्थनमा वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल बरिष्ठ उपाध्यक्षको उमेदवार हुनेगरी समुह बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । यस्तै बहालवाला बरिष्ठ उपाध्यक्ष तथा नयाँ कार्यसमितिमा स्वतस् अध्यक्ष हुने अञ्जन श्रेष्ठको समर्थनमा जिल्ला/नगर तर्फका उपाध्यक्षलाई बरिष्ठ उपाध्यक्ष घोषणा गर्दै समुह नै बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

यसरी निवर्तमान अध्यक्ष ढकाल र भावी अध्यक्षले समुह बनाएर चुनावमा प्रतिस्पर्धा गरेको भन्दै महासंघलाई वास्तवमा मायाँ गर्नेहरु भने नेतृत्व तहबाटै गुटगत राजनीतिलाई संस्थागत गरेको भन्दै असन्तुष्ट रहेका थिए । नयाँ निर्वाचित कार्यसमितिले नै बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचित गर्ने भएकाले निवर्तमान ढकाल र अन्जन श्रेष्ठले आफ्नो समूह जिताउन जोडतोडका साथ लागि परेका थिए ।

महासंघको जिल्लारनगरतर्फ केन्द्रिय कार्यकारिणी सदस्यमा अञ्जन श्रेष्ठले समर्थन गरेको दिलसुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्माको समुहले ७५ प्रतिशत जित निकालेका छन् । त्यस्तै उपाध्यक्ष हारेको वस्तुगत समुहमा अञ्जन समूहका उम्मेद्वार शिवप्रसाद घिमिरेले हार व्यहोरे पनि करिब ६० प्रतिशत केन्द्रिय कार्यकारिणी सदस्य जितेका छन् ।

त्यस्तै एसोसिएटतर्फ भने केन्द्रिय कार्यकारिणी सदस्यमा बटु लामिछानेबाहेक सबै अञ्जन श्रेष्ठको समर्थन रहेको प्रवलजंग पाण्डे समूहले जितेको छ । अध्यक्ष चन्द्र ढकालले अर्को समूहलाई समर्थन गरे पनि एसोसिएटतर्फको केन्द्रिय कार्यकारिणी सदस्यमा उनका छोरा जेन( जी युवा सचिन ढकाल दुबै समुहको टिममा परेका थिए ।

त्यही कारण सचिन ढकालले सबैभन्दा बढी अर्थात् १३१८ मतसहित विजयी भएका छन। उनलाई दुबै समुहले रूचाएको देखियो।एसोसिएटमा अञ्जन श्रेष्ठको समर्थन रहेको समुहका करिब ९५ प्रतिशत बिजयी भएका छन् ।

जिल्लानगर, वस्तुगत र एसोसिएट तीनवटै क्षेत्रमा बहुमत कार्यकारिणी सदस्य जितेकोले बरिष्ठ उपाध्यक्ष पनि अञ्जन श्रेष्ठको समूहबाट निर्वाचित हुने निश्चित जस्तै देखिएको छ । उक्त समुहले बरिष्ठ उपाध्यक्षमा हालका जिल्ला रनगर उपाध्यक्ष सुरकृष्ण वैद्यलाई अघि बढाइएको छ ।

जिल्ला नगरबाट निर्वाचित

महासंघको जिल्लारनगर उपाध्यक्षमा सिद्धार्थ उद्योग वाणिज्य संघका कृष्ण प्रसाद शर्मा र धुलिखेल उद्योग वाणिज्य संघका दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् । कृष्ण प्रसाद शर्माले ८७ र दिल सुन्दर श्रेष्ठले ८० मत ल्याएर निर्वाचित भएका छन। उनीहरूका प्रतिस्पर्धी उमेश डालमियाले ५७ मत र कल्पना गैरले ३४ मत मात्रै प्राप्त गरेका छन ।

बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको समूहबाट श्रेष्ठ र शर्मा निर्वाचिन हुँदा निवर्तमान अध्यक्ष चन्द्र ढकालको समर्थन रहेको समूहका दाचुला उद्योग वाणिज्य संघकी प्रतिनिधि कल्पना गैरे र झापा उद्योग वाणिज्य संघका प्रतिनिधि उमेश डालमीया पराजित भएका छन् ।

जिल्ला /नगरतर्फको कार्यकारिणी सदस्यमामा पनि कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ समुहकै बाहुल्यता रहेको छ ।

जिल्ला र नगरतर्फको कार्यकारिणी सदस्यमा खुलातर्फ अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् ।

यस्तै जिल्ला र नगरतर्फ गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन् । प्रदेशगत सदस्यहरूबाट कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ शाह र विकास कुमार शारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकीबाट पविन्त्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञ प्रसाद भट्टराई र बाल कृष्ण सुवेदी निर्वाचित भएका छन् ।

यसैगरि कर्णालीबाट पदम बहादुर शाही र पुरीचन्द्र देवकोटा निर्बिरोध निर्वाचित भएका छन। सुदूरपश्चिमबाट पिताम्बर जोशी निर्वाचित भएका छन। यस्तै दानबहादुर सुर्मेली र पिताम्बर जोशीले समान ७ मत ल्याएका छन ।

prabhu mahalaxmi
kumari